Logo

दुर्गा प्रसाई अपराधी हो, मैले घुस मागेको प्रमाण देखाउन सक्छ ? : श्रीकृष्ण गिरी (भिडियोसहित)



काठमाडौं, २४ पुष । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई अपराधीको आरोप लगाएका छन् । प्रसाईले गिरीमाथि घुस मागेको आरोप लगाएपछि गिरीले उक्त आरोपको खण्डन गर्दै उल्टै प्रसाईलाई नै अपराधीको संज्ञा दिएका हुन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले प्रसाईले लगाएको आरोपको खण्डन गरेका हुन् । कुराकानीको क्रममा गिरीले प्रसाईले आफ्नो मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् । आफू १५ मंसिरमा द्धारिका होटल नै नगाएको र प्रसाईंसँग भेट नभएको उनले बताए । गिरीले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’

गिरीले प्रसाईले आफूमाथि लगाएका सबै आरोप निराधार, कपोकल्पित र भ्रामक रहेको दाबी गरे । उनले प्रसाईले लगाएका आरोप पुष्टि गर्न पनि चेतावनी दिएका छन् । उनले भने,‘ऋषिजी, तपाइएले नै उहाँसँग प्रमाण बाहिर ल्याउन भन्नुहोस् ।’ आफू कुनैपनि होटलमा नगएको उनको भनाई छ । बरु, प्रसाई आयोगको कार्यालयमा आएको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्