Logo

टाउको मानिसको र शरीर स्यालको जस्तो भएको मानिस



पाकिस्तानकी एक महिलाको टाउको मानिस र शरीर स्यालको जस्तो रहेको छ । ती महिलाले कुरा पनि गर्न सक्छिन् । उनको नाम मुमताज हो । कराँचीको चिडियाघरमा बस्ने यी महिलालाई हेर्न दिनहु भिड लाग्ने गर्छ ।

यी महिलाको वास्तविकता रोचक रहेको छ । वास्तवमा कराँची चिडियाखानामा मुमताज एक पात्र हुन् । आधा स्याल र आधा मानिस देखिएको कारण उनीबारे चासो बढेको छ । यस पात्रलाई ३५ वर्ष पहिले मुराद अली भन्ने गर्थे ।

यीनले आफुलाई पिंजडामा लुकाएर १२ घन्टासम्म बस्ने गरेकी छन् । उनलाई मानिसहरुले प्रश्न गर्ने र आफुले जवाफ दिने गरेको बताएका छन् । आफूलाई देखेर मानिसहरु खुशी भई फोटो लिने गरेको जनाएका छन् । केहीलाई वास्तवमा नै यस्तै भएको भान गरिरहेका हुन्छन् ।

मुमताजको यो रोल पहिला उनका पिताले गर्थे । उनको पिताको निधनपछि उनले गरेकी हुन् । दैनिक १२ घन्टासम्म यस्तो पोजमा बसिराख्नुपर्ने चानचुने काम भने होइन । उनको टाउको स्यालको नजिक राख्ने र बाकी शरीर टेबुल मुनि लुकाएर राखिएको यसलाई हेर्न १० रुपैयाँको टिकट काटेर हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्