Logo

नाताभित्र विवाह गर्दा जन्मिए सबै अपाङ्ग



इन्डोनेशियाको तीन गाउँमा धेरै मानिसहरु एक अचम्मको रोगका कारण पिडित भएका छन् । डाउन सिन्ड्रोमका कारण त्यहाँका मानिसहरु बिरामी भएका छन् । नातेदारमा विवाह गर्दा यस्ता रोगी बच्चा जन्मिने हुन्छ । यस्तो रोगका विरामीलाई पशुलाई जस्तै जन्जिरले बाँधेर राखिने गरिएको पाइन्छ ।

तीन गाउँका ४ सय मानिसमा यो रोग लागेको छ । यहाँ यो रोगबाट १० वर्ष देखि ५० वर्षसम्मका मानिसहरु पिडित छन् । यस्तो समस्या आउनुको कारण नातेदार बीच विवाह भएर बच्चा जन्मनु नै हो । अन्य कारणमा कुपोषण र आयोडिन कमी भएको बताइएको छ ।

सरकारले १९७० मा यस्तो नातेदारमा गरिने विवाहमा रोक लगाएपनि क्रम भने रोकिएको छैन । यहाँ अन्धविश्वासको कारण धेरै मानिसहरु सिड्रोमबाट पिडित भई अस्पताल लैजानु भन्दा जञ्जीरमा बाँधेर राखिने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्