Logo

खाना नबनाउँदा पत्नीलाई ६ वर्षको जेल



महिलालाई प्रायः गरेर घरको कामबाट कहिलेपनि मुक्ति नै मिल्दैन । यसैमा एक महिलाले ६ वर्ष जेलमा बस्नु परेको छ । आफ्नो पतिले अह्राएको खाना नबनाएको र घर सफा नगरेको भन्दै पतिले जेलमा थुनाएका छन् ।

४० वर्षदेखि यी महिलाले परिवारको साथ गलत गरेको भन्दै पतिले उजूरी गरेका थिए । आफ्नो परिवार कामधाम नगर्ने बरु काम मात्र बिगार्ने महिलासँग बस्न बाध्य भएको भन्दै पछिल्लो दुई वर्षयता झन् बदनियतरुपमा नै लागेको बताएका थिए । लगातार खाना फाल्ने, भान्सा कोठामा नपस्ने र नपकाउने गरेकाले आफू थप पिडित भएको खुलासा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्