Logo

तनुश्रीको गम्भीर आरोप



मुम्बई, पुस २५ । बलिउडमा मीटु अभियानको सुरुआत गर्ने नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरलाई बलात्कार आरोपी बाबा आशारामसँग तुलना गरेकी छिन्।नायिका दत्ताले भनेकी छिन्, ‘दुवै नाना र आशाराम सेतो कुर्ता पहिरिन्छन्।तर मन कालो छ।’

तनुश्रीले नाना पाटेकरका साथै बलिउडका राकेश सारंग, समी सिद्धिकी र गणेश आचार्यमाथि मीटुको आरोप लगाएकी छिन्। उनले ती व्यक्तिसँग काम गर्नेहरूको पनि धज्जी उडाएकी छिन्।

तनुश्रीको भनाइ छ, ‘यदि तपाईंसँग पैसा छ भने तपाईंलाई न्याय र सम्मान दुवै प्राप्त हुनेछ।’ उनले नानालाई ढोंगीसमेत भनेकी छिन्, ‘नानाले फाउन्डेसन खोलेर रकम जम्मा गरेका छन्। किसानहरूको उद्धार भनेका छन्। तर कति वास्तविक किसानले यसबाट लाभ पाए, थाहा छैन। आफ्नो सानो घर बनाएर उनी आफू गरिब भएको नाटक गरेका छन्।’ एजेन्सी



प्रतिक्रिया दिनुहोस्