Logo

रुसले यस वर्ष अन्तरीक्षमा ४० वटा रकेट पठाउने



रुसी स्पेस एजेन्सी रोजकसमसले सन् २०२० मा ४० वटा अन्तरीक्ष रकेट पठाउने निर्णय सार्वजनिक गरेको छ । उक्त ४० रकेटको उडान रोजकसमसले बाइकनूर, भोस्टाचनी र प्ल्यात्स्क स्पेसपोर्टबाट हुने जनाइएको छ ।

सन् २०२० मा ४० रकेट मध्ये २० बटा रकेट सोयुज रकेट क्यारियरले बाइकनूरबाट बोकेर उडान भर्नेछ भने ५ रकेटले भोस्टाचन स्पेसपोर्टबाट उडान भर्नेछ । अरु रकेटको उडान भर्नको लागि रुसी स्पेस सेन्टरले अंगारा क्यारियर रकेटलाई परिक्षण गर्ने जनाइएको छ । सन् २०१९ मा रुसी स्पेस सेन्टरले २५ वटा रकेट लन्च गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्