Logo

‘हंगामा–२’मा शिल्पा



मुम्बई, पुस २६ । बलिउडकी अदाकारा शिल्पा सेट्टी छिट्टै ‘हंगामा– २’ मा देखिँदैछिन्। फिल्ममा शिल्पाको साथमा परेश रावल, जावेद जाफरीका छोरा मिजान जाफरी र प्रनिता सुभास मुख्य भूमिकामा छन्।

यो फिल्मको सुटिङ सुरु भइसकेको छ। फिल्मको सेटबाट उनको एक भिडियो पनि सार्वजनिक भएको छ। शिल्पाले आफ्नो सोसल मिडिया अकाउन्टमा हंगामाको सेटबाट भिडियो सेयर गरेकी हुन्। भिडियोमा शिल्पाले फिल्मको बारेमा बोलेकी छन्। शिल्पाले भनिन्, ‘नयाँ फिल्म र नयाँ साल। नयाँ उमंगसँग हंगामा– २ को सुटिङ गर्दैछु। मेरो मनपर्ने निर्देशकसँग म पहिलो पटक काम गर्दैछु। बहुत हंगामा गर्ने छौं।’

भिडियोमा फिल्मलाई लिएर उनी खुसी देखिएकी छन्। भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘नयाँ सुरुआत हंगामा– २, नर्भस, एक्साइटेड, हम्बल र ब्लेस्डजस्ता सोचाइ आइरहेका छन्। तपाईंको प्रेम र र सपोर्टको जरुरत छ।’ २००३ मा रिलिज भएको हंगामा अक्षय खन्ना, रिमी सेन, आफताव शिव दासानी, परेश रावल र सोमा आनन्द थिए। एजेन्सी



प्रतिक्रिया दिनुहोस्