Logo

नेकपा सांसदको खुलासा : अब बामदेव प्रधानमन्त्री (भिडियोसहित)



काठमाडौं, २६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) का सांसद तथा नेता मोहन बानियाँले अब बामदेव गौतम प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । हालै प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा बानियाँले यस्तो खुलासा गरेका हुन् ।

तर, वामदेव प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने कुरा पार्टीको निर्णय र चाहनामा भर पर्ने पनि उनको भनाई छ । उनले भने,‘पार्टीको हाईकमाण्डले जे निर्णय गर्छ, त्यो कुरा मलाई स्विकार्य छ ।’ नेता गौतम पार्टीको महत्वपूर्ण नेता भएकोले उनले पनि राष्ट्रको नेतृत्व गर्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्