Logo

ए डिभिजन लिग : मच्छिन्द्र क्लबद्वारा जाउलाखेल परजित



काठमाण्डाै २६ पौष – जारी शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले जाउलाखेललाई हराउँदै लिगको शिर्ष स्थानमा कायम गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल क्लबलाई १ -० हराएको थियो। मच्छिन्द्रविरुद्ध खेलको १० औँ र २३ औँ मिनेटमा जाउलाखेलले उत्कृष्ट मौका गुमाए ।

त्यसको एक मिनेटपछि मच्छिन्द्रले खेलमा अग्रता पायो । मच्छिन्द्रका लागि विशाल राईले गोल गरे । ४० औँ मिनेटमा रेजिन शुब्बाले खाली पाेस्टमा गोल गर्न सकेनन् । ४२ औँ मिनेटमा पुनः रेजिनले गोल गरे तर रेफ्रीले अफसाइड दिएक थिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले ४८ औँ मिनेटमा बराबरी गर्ने सुन्दर मौका पाएको थियो तर उसका कुबेर विष्टको फ्रिकिकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

यस जीतसंगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा कायम गरेको छ भने जाउलाखेलको ६ खेलमा नौ अंक हासिल गरेको छ । Photo By : Mukund Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्