Logo

नियोगहरूमा भ्रमण वर्ष प्रचार



काठमाडौँ, २७ पुस । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै विदेशस्थित नेपाली नियोगहरूबाट समेत प्रचारप्रसार सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत विदेशीस्थित स्थायी नियोग, दूतावास र महावाणिज्य दूतावासलाई भ्रमण वर्षको प्रचार गर्न लगाएको हो ।

विदेशमा नेपालका ३० दूतावास, संयुक्त राष्ट्रसंघका न्युयोर्क, जेनेभा र भियना गरी तीन स्थायी नियोग छन् भने ६ वटा महावाणिज्य दूतावास छन् । नेपालमा पर्यटक भित्र्याउन प्रचारप्रसार गर्ने माध्यम नै विदेशस्थित कूटनीतिक नियोगहरू रहेकाले सरकारले भ्रमण वर्षको कार्यक्रमहरूलाई जोड दिएको हो । विदेशस्थित अधिकांश नेपाली नियोगले एकपछि अर्को गर्दै भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम सुरुआत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव कुमारराज खरेलका अनुसार धेरै नियोगहरूले बिहीबारै भ्रमण वर्षको कार्यक्रम सुरु गरेका थिए । मस्को र वासिङ्टनमा कार्यक्रम सुरु गर्न बाँकी छ । अस्ट्रेलियामा पर्यटनमन्त्री योगेश भट्टराईले कार्यक्रम सुरु गरिसकेका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot