Logo

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती



काठमाडौं, २७ पौष । आज पृथ्वीजयन्ती । आजभन्दा २९८ वर्ष अघि पृथ्वीनारायण शाहको गोरखामा जन्म भएको थियो ।

पृथ्वीनारायण शाहको नेपालको इतिहासमा विशिष्ट स्थान छन् । उनले नेपाल एकीकरण गरे । युद्धमा जितेपछि पनि हारेकालाई व्यवस्थापन गरी नेपाल राज्यको निर्माण गरे ।

राजसंस्थाको अन्तपछि पनि पृथ्वीनारायण शाहप्रति आदर र सम्मानभाव कायमै छ । उनको सम्झनामा देशव्यापी कार्यक्रम गरिदैछ ।

यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीका अवसरमा एक विज्ञप्ति जारी गर्दै देशको सबै भूभागको रक्षाका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । उनले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने समेत स्पष्ट पारेका छन् ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् । विज्ञप्तिमा भनेका छन्, देशको सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।



प्रतिक्रिया दिनुहोस्