Logo

कन्चटमा गोली हानी हवल्दारले गरे आत्महत्या



जाजरकोट, २७ पौष । प्रहरीका एकजना हवल्दारले आत्महत्या गरेका छन् । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैमाथि गोली हानेर आत्महत्या गरेका हुन् ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि उक्त कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हानेर आइतबार बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताएका छन् ।-Photo Symbolic



प्रतिक्रिया दिनुहोस्