Logo

प्रचण्डकी छोरी भन्दैमा सबै चीज हुँदैन- रेणु दाहाल



काठमाडौं, २७ पौष । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्थानीय तहबाट खारिदै राजनीतिमा अगाडि बढ्न खोजिरहेकी छिन् । उनले भरतपुर महानगरपालिकामा काम देखाएर राजनीतिक छलाङ मार्न खोजेपनि चुनौती धेरै देखिएको छ । मेयर रेणु दाहालसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
तपाईं मेयर भएको दुई वर्ष नाघिसकेको छ, एउटा राम्रो काम के भयो, यो.अवधिमा ?
भारतपुर महानगरपालिकामा हाम्रो दुई वर्षको कार्यकाल बितिसकेको छ । यो आधा कार्यकाल बितिसक्दै गर्दा हामी आपूmले गरेको कामप्रति असन्तुष्ट हुनुपर्ने अवस्था छैन । यो देखेर जनता एकदमै आशावादी हुनुहुन्छ । त्यसैले भरतपुरवासी जनसमुदायहरुलाई हामीले केही गरेका छौं भन्ने अनुभूति दिलाएका छौं ।
नारायणघाटको सडकहरु त लथालिंग भयो, भन्ने जनगुनासो छ नि ?
यहाँका जनताहरुले बाटो खराब छ भनेर गुनासो गरेका छैनन् । हाम्रो कार्यकालमै झन्डै दुई सय मिटर नगारपालिकाभित्रको बाटो कालोपत्रे गरिसकेका छौं । त्यसैगरी, हामीले सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि लिंक रोडहरुको योजना अगाडि बढाइराखेका छौं । भारतपुर महानगरपालिकाको फोरल्यान्ड सडकको दुई हप्ता अगाडि टेन्डर भइसकेको छ । भरतपुरदेखि जगतपुरसम्मको हुलाकी सडक विस्तार भइसकेको छ । त्यस्तै भरतपुरदेखि चनौली, मेघौलीसम्मको सडक निर्माणाधिन अवस्थामा छ । थुप्रै लिंक रोडहरुको पनि निर्माण भइरहेका छन् । अलिकति प्रक्रियागत झन्झट र निर्माण व्यवसायीका ढुलासुस्ताका कारणले तोकिएको समयमा काम सम्पन्न हुन सकेको छैन ।
त्यति हुँदाहुँदै पनि काम तीब्र ढंगले अगाडि बढिराखेका छन् । यहाँ निर्मित सभागृहको पनि छिट्टै निर्माण कार्य हुँदैछ । त्यसैगरी यो महानगर पालिकाभित्र पर्ने झन्डै ६ कि.मि सडक पनि डीपीआर भइसकेको छ । त्यो ६ ल्यान्डको सडक हुने छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि धेरै कामहरु भएका छन् । विरामीलाई सहज बनाउन विस्तारित स्वास्थ्य सेवाको शुभारम्भ गरिसकेका छौं । क्यान्सर अस्पतालमा अत्याधुनिक शल्याक्रिया सेन्टरको व्यवस्था गरेका छौं ।
त्यसो भए नारायणघाटका सबै सडकहरु पिच भयो ?
कुनै पिच भइसकेका छन् । कोही कार्यान्वयनको चरणमा छन् । कुनै ठाउँमा सम्पन्न भइसकेका छन् ।
प्रचण्डले चुनाव जितेको ठाउँ हो नि त्यो ?
हो, त्यसैले यहाँका जनता निराश हुनु भएन ।
कामका योजनाहरु धेरै भए, तर कार्यान्वय भएन नि ?
यहाँ काम गर्न पुराना प्रक्रियागत झन्झटहरु धेरै छन् । त्यसैले ढिलासुस्ती भएका छन् ।
त्यसलाई तपाईंले तोड्न किन सक्नुभएन ?
मैंले मात्रै तल स्थानीय सरकारबाट तोडेर तोडिँदैन नि । केन्द्रीय सरकारका नीति, नियमका कुरा हुन्छन् । त्यसैले चाहना हुँदा पनि तोड्न सकिएको छैन ।
त्यो बारेमा प्रधानमन्त्रीलाई भन्न सक्नुहुन्न ?
त्यसको बारेमा हामीले ‘व्यवस्था परिवर्तन भयो, तर काम गर्ने तरिका त उही छ, त्यसमा टेकेर कसरी जनतालाई परिवर्तनको अनुभूति दिन सकिन्छ’, भनेर भनिरहेका छौं । त्यसको लागि पुरा जति विधि, विधान छन्, त्यसलाई परिवर्तन गर्न सक्नुपर्छ । जस्तो सार्वजनिक खरिद ऐनको कुरा पनि पुरानै ढर्राको छ । त्यो नहट्दासम्म हामीले छिटो विकास गर्न चाहेर पनि त्यो सम्भव छैन ।
कानुन तपाईंहरुले समयसापेक्ष बनाउनु पर्यो नि ?
केन्द्र सरकारलाई जति हामीले खबरदारी गरे पनि उनीहरुलाई त्यसले छुँदैछुँदैन । हामीले जसरी तिव्र विकासको चाहना राखेका छौं । त्यसको लागि यो परिपाटीबाट सम्भवै छैन ।
अन्तर्राष्ट्रिय रंगशाला कहिले बन्छ ?
बनिराखेको छ ।
कति समय लाग्छ ?
हामीले डिपिआर ६ महिनामा गर्ने, त्यो भएको दुई वर्षमा रंगशाला सम्पन्न गर्ने भनेका थियौं । त्यही सम्झौता अनुसार ‘ध्रुर्मुस–सुन्तली’ फाउन्डेसनले काम अगाडि बढाइरहनुभएको छ । त्यसमा हामीले गर्नुपर्ने स्थानीय तह, जनता, राजनीति दलहरु र सरोकारवाला सबैले सहयोग गरिरहनुभएको छ ।
रकम अभावका कारण रंगशाला नबन्ने निष्कर्षमा धुर्मुस–सुन्तली पुगेका छन् नि ?
उहाँहरु त्यसरी निष्कर्षमै पुग्नुभएको छैन ।
उहाँहरुले त पैसा आएन हामीले बनाउने भनेका छन् नि ?
पैसा त अब कहाँबाट आउँछ । त्यो माहोल, वातावरण बनाउने त हामीले नै हो नि । अरुले जुटाएर ‘ल ला’ भनेर दिने होइन । सबै जुटाउने हामीले नै हो । पैसा जुट्ने माहोल खडा गर्ने र बनाउने जिम्मेवारी पनि हाम्रो हो । यो तरिकाबाट बनेन भने अर्को विकल्प पनि हुन सक्छ ।
विदेशी दाताहरुले दिएनन् भने तपाईं त्यो रंगशाला बनाउन सक्नुहुन्छ ?
म एउटा व्यक्तिले मात्रै बनाउने त होइन नि । हामीले जनसहभागिताबाट बनाउने भनेका छौं । त्यसको लागि व्यापक जन सहभागिता हुन्छ ।
जनताले पैसा दिएनन् भने के गर्ने ?
जनताबाट जति उठ्छ, त्यसलाई सदुपयोग गरेर जहाँसम्म पु¥याउन सक्छौं । त्यसमा हामी दत्तचित्त भएर अगाडि बढ्छौं । यो मेरो बुबा ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो, फेरि म पनि छु । त्यसैले हामी सबैले जिम्मेवारी लिएर अगाडि बढ्छौं ।
गौतम बुद्ध किक्रेट मैदान बन्न सकेन भने सरकारले बनाउँछ ?
सरकारले बनाउँछ ।
त्यसमा सरकार पछि हट्दैन ?
त्यसलाई अधकल्चो छोडेर सरकारले हेर्न मिल्दैन ।
धुर्मुस–सुन्तलीले त हामीलाई सरकार र रेणु दाहालले सहयोग गरेनन् भनेका छन् नि ?
त्यस्तो भन्नुभएको छैन । भन्दै नभनेको कुरा नभनौं न, रेणु दाहालले किन सहयोग गरेको छैन ।
तपाईं शक्तिशाली अध्यक्ष प्रचण्डकी छोरी तपाईंंले माग्ने हो २-४ अर्ब जसेले पनि दिन्छन् नि ?
कसले दिन्छ ? हजुरसँग माग्छु, दिनुहुन्छ ? प्रचण्डकी छोरी भन्दैमा सबै चिज हुन्छ ? हुँदैन नि । अझ लिडरसीपको परिवार हुँदा काम गर्न गाह्रो छ । मैले आजसम्म गर्नुपर्ने कुनै कसुर बाँकी राखेको छैन । यही आवमा ६ करोड बजेट विनियोजन पनि गरिसकेका छौं । सार्वजनिक खरिद ऐनदेखि सबै प्रक्रियाहरु अप्ठ्यारा छन् कसरी जाने भन्नेमा । तैपनि नगरसभाबाट सो रकम विनियोजन गरेका छौं । धुर्मुस–सुन्तली फाउन्डेसनलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भनेर घोषणा गरिसकेका छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्