Logo

रुसले गर्ने भयो समुन्द्री रकेट प्रक्षेपण



रुसले समुन्द्री रकेट प्रक्षेपण गर्ने भएको छ । रुसी स्पेस सेन्टर रोजकोसमोस र एस-७ को संयुक्त साझेदारीमा समुन्द्री रकेटको प्रक्षेपणको कार्यलाई तिब्रता दिएको छ । विशेषज्ञहरु संयुक्त रुपमा सो कार्यलाई डिसेम्बर महिनादेखि तिब्रता दिएका हुन् । रोजकोसमोस र एस ७ ले समूद्री रकेटको प्राविधिक कामलाई जोड दिएका हुन् ।

साझेदारीमा रहेको एस-७ लाई रकेट बनाउने सम्पूर्ण प्राविधिक सामाग्री प्रदान गरिसकेको जनाइएको छ । एस ७ ले सन् २०१४ मा ३६ वटा समूद्री रकेटहरु प्रक्षेपण गरिसकेको र त्यस मध्ये ३२ वटा सफलता पूर्वक काम गरेको जनाइएको छ । रुसको आफ्नो फ्लोटिङ प्लाटफोर्म नहुदाँ कुनै पनि कार्य गर्न खोज्दा अमेरिकासित अनुमति लिनु पर्नेथ्यो सो कारणले रुसले फ्लोटिङ प्लाटफोर्म २०२० सुदूर पूर्वको रुसी पोर्टमा सरिने रोजकोसमोसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्