Logo

उपसभामुखको राजीनामा कि महाभियोग-देवप्रसाद गुरुङ, प्रमुख सचेतक, नेकपा



काठमाडौं, २७ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ पार्टीको निर्णय बमोजिम उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानी ।
उपसभामुखले सदन चलाउनुहुन्छ ?
प्रक्रियागत विषयको सन्दर्भमा सदन चल्न सक्छ । अन्तरवस्तुसँग जोडिएको विषयमा निर्णय गर्नुपर्ने अवस्थामा उपसभामुखलाई कार्यकारी अधिकार नभएकाले मिल्ने देखिँदैन ।
उपसभामुखले त राजीनामा दिन्न भन्नुभएको छ नि ?
राजनीतिको कुरा त उहाँको हो । पार्टीले त आग्रह मात्रै गर्ने हो । सभामुखमा नेकपाले उम्मेदवारी दिन र उपसभामुख अन्य दललाई दिने हो । त्यसको संवैधानिक रुपले मार्ग प्रशस्त गर्न भनेर आग्रह गर्ने हो । त्यसमा पार्टी ह्वीप लाग्दैन । त्यसकारण राजनीति उहाँको स्वविवेक र स्वनिर्णयमा निर्भर गर्ने विषय हो ।
उपसभामुखले त मैले राजीनामा दिनुपर्ने कारण के भन्नुभएको छ नि ?
अहिले गल्ती गरिएको सन्दर्भको राजीनामा होइन । यहाँ त राजनीतिक सन्तुलन मिलाउन हो । त्यसमा फेरि सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भएकाले आग्रह गरिएको हो । अहिले कि त नेकपाले सभामुख छोड्ने भन्नुपर्यो । अहिलेको कम्पोजिसन अनुसार नेकपाले सभामुख लिँदा उपसभामुखहरु अन्य दललाई प्रस्तावित गर्नुपर्छ । यो त संवैधानिक व्यवस्थाको सन्तुलनको कुरा हो ।
कि महाभियोग लगाएर हटाउन् नत्र म किन पछि हट्ने भन्ने छ नि ?
मैंले अगाडि नै भनिसकेको छु । यो कुनै दोष, कमीकमजोरीबाट रिजाइन गर्ने अथवा महाभियोग लगाउने विषय त होइन । किन संवैधानिक व्यवस्थामै एउटै दलको सभामुख र उपसभामुख हुने पाउने अवस्था हुन्थ्यो । फरक–फरक दलको हुनुपर्छ भनेर सर्वोच्चमा मुद्दा पनि परिरहेको अवस्था छ ।
उहाँको भनाइ त प्रतिपक्षले सभामुख लेला, म उपसभामुखमै काम गरिरहन्छु भन्ने पनि आएको छ नि ?
प्रतिपक्षलाई सभामुख छोड्ने कि नछोड्ने भन्ने पार्टीको विषय पर्यो । यो नीतिगत विषय पनि हो । अहिलेसम्म पार्टीको अडान भनेको सभामुखमा नेकपाले लिएर उपसभामुख अन्य दललाई दिने भन्ने हो । त्यसमा उहाँको फरक मत हुन सक्छ । पार्टीमा फरक मत प्रकट गर्न पाउनुहुन्छ तर प्रक्रियागत संसद्लाई अवरुद्ध पार्न पाइँदैन ।
आजको प्रतिधिसभा बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढ्छ ?
त्यो भयो भने नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । अहिलेसम्म नेकपाले सभामुख नछोड्ने भनेको त्यसैले सभामुख मात्रै चयन गर्न पार्टी अगाडि बढ्दैन ।
उहाँले राजीनामा नदिइँ सदन सञ्चालन गर्दा संसद्मा समस्या आउँछ ?
त्यही त अहिले सदन डेडलकको अवस्थामा गुज्रिएको छ । अहिलेसम्म हेर्दा सभामुखले मात्रै बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था देखिन्छ । नियमित बैठक सञ्चालन चाहीं उपसभामुखले पनि गर्न सक्ने अवस्था भयो । तर निर्णय गर्ने प्रक्रियामा अगाडि बढ्न संवैधानिक व्यवस्था छैन । उपसभामुखलाई कार्यकारीको व्यवस्था छैन ।
उहाँले सदन सञ्चालन गर्नुभयो भने तपाईंहरु उपस्थिति हुनुहुन्छ ?
यसमा सहभागी, असहभागी भन्दा पनि संविधानमा जे व्यवस्था त्यही अनुसार अगाडि बढ्ने कुरा हो ।

यो पार्टीको निर्णयको कुरा हुन्छ । अहिलेसम्म पार्टीले सभामुख छोड्नुहुँदैन भनेको छ । व्यक्तिले मात्रै सभामुख पद छोड्ने भन्न मिल्दैन ।
सभामुख चयनमै अल्झिएर संसद्लाई कहिलेसम्म अनिर्णयको बन्दी बनाउने ?
यसमा दुई-तीनवटा विकल्पहरु हुन्छन् । एउटा उहाँले राजीनामा दिएर दुवै पदमा निर्वाचनको प्रक्रिया खुलाउनुपर्यो । त्यस्तो अवस्था जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्छ । त्यही सदस्यले दुवै पद खाली भएकाले निर्वाचनको प्रक्रिया थाल्ने भनेर घोषणा गर्दछ । निर्वाचनको सचिवालयलाई तोकिदिन्छ, त्यसले कार्यतालिका बनाएर अगाडि बढ्छ । किन त अब सर्वोच्च अदालतमा सभामुख र उपसभामुख एउटै दलको भयो भनेर मुद्दा परेको छ । त्यसको पैmसला हुनुपर्यो । अर्को पार्टीले सभामुख नछोड्ने भनेको र उपसभामुख अर्को दललाई दिन भन्ने नीतिगत कुरामा पार्टीले सोच्ने कुरा प¥यो । जे गरे पनि संविधान र कानुन मिच्नुहुँदैन । सदन अवरुद्ध हुनुहुँदैन । सिस्टम र राष्ट्रिय स्वाधिनतामाथि असर पर्ने कुरा कसैबाट गरिनुहुँदैन भन्ने लाग्छ ।
कृष्णबहादुर महराको जस्तो यौन दूराचारको आरोप लागेको छैन, मैंले किन राजीनामा दिनु भन्नुभएको छ नि ?
राजीनामा गल्तीले मात्रै दिने हो र । त्यो त मुलुक अवस्थालाई हेरेर पनि दिन सकिन्छ छ नि । पार्टीले संविधानको स्प्रिटसँग मिलाउनको लागि पनि दिनुपर्ने हुन्छ नि ।-File Photo



प्रतिक्रिया दिनुहोस्