Logo

महरा प्रकरणः रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर झिकाउने आदेश



काठमाडौं, २७ पौष । बलात्कार उद्दोगमा अदालतको आदेशले थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरासम्बन्धि प्रकरण नयाँ मोडमा पुगेको छ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउन आदेश आएको छ ।

आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले डाक्टरलाई बयानका लागि झिकाउन आदेश दिएको हो । रोशनी शाहीको परीक्षण गर्ने डाक्टरलाई झिकाउने आदेशपछि अदालतले न्यायिक अनुसन्धान थालेको देखिएको छ ।

शाहीले महरामाथि बलात्कारको अभियोग लगाएपछि उनको स्वास्थ्य परीक्षण भएको खुलेको छ । यसबारे धेरै तथ्य गोप्य राखिएको थियो । अदालतको आदेशपछि धेरै तथ्यहरु बाहिर आउन थालेको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको अभियोग लगाएपछि यो घटना निकै चर्चामा पुगेको थियो । घटना बाहिर आएपछि महराले राजीनामा दिएका थिए । त्यसपछि उनलाई सभामुखको सरकारी निवासबाट असोजको तेस्रो हप्ता पक्राउ गरिएको थियो ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्