Logo

उपसभामुखले ओली-प्रचण्डलाई दिइन् कडा चेतावनी, हटाउने भए महाअभियोग लगाउ (भिडियोसहित)



काठमाडौं, २८ पुष । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूले कुनैपनि हालतमा राजीनामा नदिने भन्दै नेकपा नेतृत्वलाई कडा चूनौति दिएकी छिन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामा नदिने बरु सके महाअभियोग लगाएर हटाए हुन्छ भन्ने चेतावनी दिएकी छिन् ।

उनले सभामुखबाट कृष्णबहादुर महराको राजीनामापछि स्वतः उक्त पदमा आफ्नो दाबी रहने यसअघि नै बताईसकेको जनाईन् । उनले नेकपाले राजीनामा गर्न दिएको निर्देशन आफूलाई मान्य नहुनेसमेत चेतावनी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्