Logo

लुकाई राखेको काठ सहित पक्राउ



बर्दिया, २८ पौष । प्रहरीले लुकाइछिपाई राखिएको काठसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ४० वर्षीय देशराम कुर्मीलाई लुकाई छिपाई राखेको विभिन्न जातका १९ गोलीया काठ सहित आइतबार प्रहरीले पक्राउ गरेको हो । बर्दिया जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीले कुर्मीले काठको फर्निचरभित्र र परालमा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद काठ सहित कुर्मीलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्