Logo

नक्कली प्रहरी बनेर असुली गरिरहँदा पक्राउ



झापा, २८ पौष । नक्कली प्रहरी बनेर असुलउपर गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका ३ राजगढ बजारमा स्थानीय व्यापारीसँग आफूहरु प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा दुई जनालाई सोमबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिकाको पर्शुराम महत्तो र सोही गाउँपालिकाको जिवन दास रहेका छन् । उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot