Logo

मुर्सरफलाई फाँसी दिई घिसार्दै शव तीन दिन संसद भवन अगाडि झुण्डाउने ‘फैसला असंवैधानिक’



पाकिस्तानी पूर्व राष्ट्रपति जनरल परवेज मुर्सरफलाई फाँसीको सजाय दिने अदालतको फैसलालाई लाहोर उच्च अदालतले असंवैधानिक ठहर गरेको छ । सोमबार अदालतले मुर्सरफलाई सजाय दिन गरेको घोषणा असंवैधानिक ठहर गरेको हो ।

यसअघि त्यहाँको अदालतले मुर्सरफलाई झुण्ड्याएर फाँसी दिने र शव तीन दिनसम्म संसद भवन बाहिर झुण्डाउने फैसला सुनाएको थियो । फैसला र फैसला सुनाउने न्यायाधीश समेत विवादमा परेका थिए । मुर्सरफमाथि दायर भ्रष्टाचारविरुद्धको मुद्दामा अदालतले कठोर फैसला सुनाएको थियो । फैसलालगत्तै मुर्सरफले दुबईको अस्पतालबाट असन्तुष्टि व्यक्त गरेका थिए । पाकिस्तानी सेनाले पनि फैसलाप्रति असन्तुष्टि जनाएको थियो ।

मुर्सरफले सन् १९९९ सैनिक बलबाट सत्ता हातमा लिएका थिए । उनले एक दशक पाकिस्तानमा शासन गरेका थिए । उनीमाथि पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्