Logo

माघीमा ३ दिन बिदा



काठमाडौँ, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा बिदा दिइएको जनाएको हो । यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्री परिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
अन्नपूर्ण पोष्टबाट



प्रतिक्रिया दिनुहोस्