Logo

श्रीषा कुवँरले ल्याईन् चर्चित गीत बिस्तारै बिस्तारैको फिमेल भर्जन (भिडियोसहित)



काठमाडौं, २९ पुष । चर्चित गायिका तथा मोडेल श्रीषा कुँवरले बहुचर्चित गित ‘बिस्तारै बिस्तारै’ को फिमेल भर्जन बजारमा लिएर आएकी छन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गीत ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो ।

अहिले सोहि गित गायिका श्रीषा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो ।

मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् । यो गितको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आसा उक्त टिमले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्