Logo

धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु



काठमाडौं, २९ पुष । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक स्तरोन्नति हुने क्रममा रहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ ।

एक सय ६० किलोमिटरको सो सडकमा चार खण्ड छन् । चारै खण्डमा मर्मतको काम भइरहे पनि पहिले सम्पन्न नेपालथोक–धुलिखेल खण्डमा सडक मर्मत गर्नुपर्ने देखिएको छ । यो सडक सम्पन्न भएको झण्डै १८ वर्ष भइसकेको छ । सबैभन्दा पछि सम्पन्न भएको खण्डसमेत आठ वर्ष भइसकेकाले अहिले मर्मत गर्न लागिएको आयोजना व्यवस्थापक सुर्यबहादुर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “स्तरोन्नतिका लागि ठेक्का सम्झौता पनि भइसकेको छ ।”

काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने मार्गका रूपमा रहेको सो सडक जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सडक चार खण्डमा निर्माण भएको थियो । सोमध्ये बर्दिवास–सिन्धुली बजार ९३७ किमी लम्बाइ०, सिन्धुलीबजार–खुर्कोट ९३७ किमी०, खुर्कोट–नेपालथोक ९३७ किमी० र नेपालथोक–धुलिखेल ९५०० किमी रहेको छ ।

जापान सरकारको सहयोगमा सन् १९९६ मा निर्माण शुरु गरेर सडक सन् २०११ मा सम्पन्न भएको आयोजनाले जनाएको छ । नौ पुल रहेका उक्त सडक खण्डमा सवारी साधनको गति २० देखि ४० किमी रहेको छ । रासस file photo

 



प्रतिक्रिया दिनुहोस्