Logo

उत्तर कोरियासँगको सम्वन्ध बारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी



२९ पुस । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गरेका छन् । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भए तापनि चाडै नै नयाँ चरणमा छलफलहरु हुने विश्वास व्यक्त गरेका हुन् ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उनले दुई कोरियाको सम्वन्धमा केही कठिनाई भएपनि सुधार हुने बताए । वार्ताबाट नै आपसी सम्वन्ध सुधार्न सकिने र अव त्यसतर्फ फेरी आफूले जोड दिने उनले जानकारी दिए ।

राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्वन्धहरु सकारात्मक ढंगले अगाडी बढ्छन् भन्ने विश्वासमै रहेको बताए । उनले दुई कोरिया बीचको आपसी सम्वन्ध र उत्तर कोरियासँग अमेरिकाको सम्वन्धमा निराशा भइहाल्नु पर्ने अवस्था नरहेको बताउनु भएको छ । मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन् ।

गत दुई वर्षमा भएका तीन ओटा शिखर बैठकपछि सम्वन्ध सामान्य अवस्थामा रहेकाले यस बर्षपनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ । विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रुपमा हेर्दै आएका अमेरिका र उत्तर कोरियाले सम्वन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्