Logo

कार दुर्घटनामा भट्टराईको मृत्यु



काठमाडौँ, २९ पुस  : काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्