Logo

मिसाइल हानेर युक्रेनी विमान खसाल्ने पक्राउ



मिसाइल प्रहार गरी युक्रेनी यात्रुवाहक विमान खसाल्ने पक्राउ परेका छन् । इरानको न्यायपालिकाका प्रवक्ता गोलम होसेन इस्माइलीले केही व्यक्तिहरुलाई पक्राउ गरेको खुलासा गरेका छन् ।

पक्राउ परेकाहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ । घटनामा संलग्न भएको आशंकामा धेरै व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

८ जनवरीमा तेहरानबाट युक्रेनको राजधानी किभका लागि उडेको १७६ यात्रु र चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको थियो । घटनाको कारण खोज्दै जाँदा मिसाइल हानिएको खुलेको थियो । मिसाइल प्रहारबाट भएको घटनापछि इरानमाथि दोषीमाथि कारबाही गर्न सँसारभरबाट दबाब परेको थियो ।

इरानमाथि अमेरिकाले मिसाइल हानेर विमान खसालेको भनेपनि इरानले शुरुमा अस्वीकार गरेको थियो । तर, इरानको सैनिकले भुलवश घटना भएको खुलाएको थियो । इरानको सैन्य क्षेत्र नजिक पुगेपछि मिसाइल भन्ठानेर प्रत्याक्रमणका लागि प्रहार गरिएको भनिएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्