Logo

पार्टीमा ओली अल्पमतमा



काठमाडौं, २९ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सम्मिलित ओलीविरोधी गठबन्धन बनाएका छन् । पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रिय कमिटीमा पनि ओली अल्पमतमा पर्ने भएका हुन् ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार पछिल्लो समय वामदेव निवासमा भएको बैकठपछि ओली पार्टीका सबै कमिटीमा अल्पमतमा परिसकेका छन् । अब प्रचण्ड सम्मिलित उक्त गठबन्धन लामो समयसम्म जाने भएको छ ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया अघि नबढिरहेको बेला दाहाल नेतृत्वको गठबन्धनले ओलीको सबै योजना र प्रस्ताव असफल तुल्याउनेगरि कदम चालेको छ । कतिसम्म भने राष्ट्रिय सभाका सदस्यहरुलाई पनि प्रधानमन्त्री बनाउने बाटो खुल्ला गर्न संविधान नै संशोधन गराउने गठबन्धनको प्रस्ताव छ ।

नेकपामा ओली अल्मपतमा, सचिवालय, स्थायी, केन्द्रिय कमिटीमा । प्रचण्ड र माधव नेपालले रणनीति बनाए । ओलीको सबै प्रस्ताव फेल गर्ने उनीहरुको रणनीति छ ।



प्रतिक्रिया दिनुहोस्