Logo

इरानसँग तेल खरिद नगर्न चीनलाई अमेरिकाको आग्रह



चीनले खरिद गरिरहेको इरानी तेलमा रोक लगाउन अमेरिकाले आग्रह गरेको छ । अ‍ेमेरिकी अधिकारीहरु निरन्तर चिनियाँ अधिकारीहरुसंग इरानी तेल आयात गर्ने विषयमा रोक लगाउन छलफल गरिरहेको जनाइएको छ ।

तेल आयात प्रतिबन्ध लगाएमा इरानको करिब ९५ प्रतिशत राजस्व कटौती हुने अनुमान अमेरिकाको रहेको छ । अमेरिका आफ्नो प्रायः राज्यमा इरानी तेलको आयातमा प्रतिबन्ध लगाइसकेको जनाइएको छ ।

चीनलाई तेल आयात रोक्न अ‍ेमेरिकी अधिकारीहरु निरन्तर छलफल गरिरहेको समेत अधिकारीले जनाएइको छ । यसअघि संयूक्त राज्य अमेरिकालृे इरानी तेल ओसारपोसार गर्ने धेरै चिनियाँ कम्पनिहरुमा प्रतिबन्ध लगाई सकेको समेत अमेरिकी अधिकारीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्