Logo

इरानसंगको द्वन्द्वले विश्वमा ठूलो असरः जापानी प्रधानमन्त्री आबे



मध्य पूर्वी भ्रमणमा रहेका जापानी प्रधानमन्त्री आबेले इरानसितको द्वन्द्वले विश्वभर ठूलो असर पर्नसक्ने बताएका छन् । हालमै इरानी सेना सुलेमानीको हत्यापछि गति लिएको द्वन्द्वले सम्पूर्ण देशलाई असर पुर्याउन सक्ने बताएका हुन् ।

आबेले विश्वभरको शान्ति र स्थिरता नै गुम्न सक्छ भन्दै विश्वलाई सचेत समेत गराएका छन् । आबेले उक्त घटनाको विषयमा साउदी राजकुमारसित करिब एक घण्टा वार्ता गरेको जापानी विदेशमन्त्रालयका प्रवक्ता मासाटो आहटाकाले जनाएको छ ।

‘कुनैपनि सैन्य टकरावले इरान र उक्त क्षेत्रमा मात्र शान्ति तथा स्थायित्व खतरामा नपरी पुरै विश्वमा यसले प्रभाव पार्नेछ,’ आबेको भनाई उदृत गर्दै ओहाताको भने । ‘उक्त क्षेत्रमा बढ्दो तनावलाई निर्मूल पार्नको लागि सम्बन्धित देशहरुलाई कुटनीतिक प्रयासमा आबद्ध हुनुपर्छ ।’– ओहाता । जापान यस क्षेत्रमा अमेरिका नेतृत्वमा गठबन्धनमा सामिल नहुने बताएका छन् । साउदीको तेल आयात जारी राख्नेमा जोड दिए । जापानी प्रधानमन्त्री यू ए ई र ओमानका समेत भ्रमण गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्