Logo

स्रोत नखुलेको रकम सहित पक्राउ



काठमाडौं,२९ पुस । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट भष्टाचारको आरोपमा पर्साका कृष्ण यादव र चितवन भरतपुरका राजु पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सा हिपरमाइका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुरको ३८ वर्षीय राजु पौडेल रहेका छन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा २ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्