Logo

२१ वर्षीया युवतीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ



ललितपुर, २९ पुस । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा घर भएका ध्रुव जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई विगत तीन महिना देखि ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्