Logo

नगरपालिकाका कर्मचारीमाथि मुद्दा दायर



काठमाडौ, २९ पौष । ३० हजार घुस लिएको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिकाका दुईजना कर्मचारीमािथ अख्तियारले आरोपपत्र दर्ता गरेको छ । विशेष अदालतमा मंगलबार आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।

लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.लाई घुस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । सूचना र बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम बापत सेवाग्राहीसँग घुस माग गरिरहेको जानकारीका आधारमा नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरुलाई पत्रकार बलराम पाण्डेसँग घुस मागको अभियोग छ । पाण्डेले घुस वापत् ३० हजार दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्