Logo

श्रीकृष्ण गिरीद्वारा दुर्गा प्रसाईमाथि जिल्ला अदालतमा मुद्दा दर्ता



काठमाडौं, २९ पुष । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानी गरेको भन्दै बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन । प्रसाईले गिरीमाथि २० करोड घुस मागेको गम्भिर आरोप लगाएका थिए ।

उनीहरुबीचको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।गिरी यही मुद्दालाई लिएर अदालतसम्म पुगेका छन् । प्रसाईलाई हदैसम्मको कारबाही गर्नुपर्ने र आफूमाथि भएको मानहानीको क्षतिपूर्तिसमेत गिरीले दाबी गरेका छन् ।

यता, गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर प्रसाईंले अख्तियारमा उजुरी दिएको जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्