Logo

एम्बुलेन्स खरिदमो मेरो भूमिका छैन, चरित्रहत्या गर्न खोजियो- मन्त्री कृष्ण सुवेदी



काठमाडौं, २९ पौष । कृष्ण सुवेदी, सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री हुन । अहिले सुदुरपश्चिम प्रदेश सरकारमाथि एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको विषय बाहिर आइरहेको छ । यसै विषयमा मन्त्री सुवेदीसँग ऋषि धमलाले गरेको कुराकानी ।
तपाईंहरु त भ्रष्टाचारमा लिप्त हुनथाल्नुभयो होइन ?
प्रदेश सरकार र मन्त्री कहाँ भ्रष्टाचारमा लिप्त हुनु । सरकारले पनि कहीं भ्रष्टाचार गर्छ ।
तपाईंहरुले ट्रकलाई एम्बुलेन्स बनाउनुभयो नि ?
एउटा टाटा गाडीको च्याचिसमा ट्रक, बस, जीप, एम्बुलेन्स जे पनि बन्न सक्छ नि । त्यस्तै गाडी, सेना, प्रहरीले पनि चलाएका छन् । त्यस कारण यो सरकारको बद्नाम गराउने गरी आएको कुरा हो, त्यस्तो होइन ।
ट्रकलाई एम्बुलेन्स बनाएर कति कमिसन खानुभयो ?
मलाई जनताले भ्रष्टाचार गर्न, कमिसन खान पठाएका होइनन् । मलाई समग्र सुदूरपश्चिमको विकास, निर्माणका लागि पनि ठाएका हुन् । यो खाली पत्रकारहरुमार्पmत चरित्र हत्या गर्ने गरी बाहिर आएका झुट्टा र भ्रामक कुरा हुन् । भ्रष्टाचार गरेको कसैले प्रमाण ल्याउँछ भने जस्तोसुकै सजाय भोग्न तयार छु ।
तपाईंहरुको एम्बुलेन्स प्रकरणमा अख्तियारले कारबाही गर्नुपर्छ हो ?
आर्थिक प्रलोभनमा परेर कसैले काम गरेका छन् भने ती चाहे मन्त्री हुन् अथवा कर्मचारी उनीहरु सजायको भागिदार हुनुपर्छ ।
बिरामी बोक्ने एम्बुलेन्समा पनि कमिसन खानुहुन्छ भने कसरी देश विकास हुन्छ ?
यो विषय कुनै नेता, मन्त्री अथवा कर्मचारीको चरित्रहत्या गर्ने उद्देश्यले आएको हल्ला हो, यसमा कुनै सत्यता छैन । यही मिडियामार्पmत यसमा मेरो पनि संलग्नता देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु ।
छापीडीलगायतका कुरितिको अन्त्य गर्न सक्नुभएको छैन, खाली कमिसन खान मात्रै लिप्त हुनुहुन्छ नि ?
हामीले यसपालि बाजुरा र अछाम छाउगोठ मुक्त जिल्ला घोषणा गर्न लागिरहेका थियौं । त्यसमा प्रदेश सामाजिक मन्त्रालय अभियान नै चलाएको छ । यो कुप्रथाको अन्त्य गर्न प्रदेश सरकार असाध्यै मिहिन ढंगले लागेको छ । जहाँसम्म एम्बुलेन्सको कुरा छ । म मन्त्री हुनुभन्दा अगाडि नै ६ करोड ४० लाख रुपैयाँ पहाडका १६ वटा जिल्लाहरुलाई एम्बुलेन्स बाँड्ने भनेर निर्णय भएको थियो । सो निर्णयपछि ४५ दिने बोलपत्र आह्वान गरियो । त्यसमा टाटा, पायनियर नामक दुई कम्पनीले आह्वान पत्र पेश गरेका थिए । टाटाले प्रति एम्बुलेन्स ३० लाख ७ हजारका दरले ६ करोड २५ लाख १२ हजारमा २०१९ मोडेलका एम्बुएन्समा सम्झौता गराइएको हो । अब २०१६ मोडेलका एम्बुलेन्स ल्याइएको छ । पत्रपत्रिकाहरुले २०१४ मोडेल भनेर लेखेका छन् ।
तपाईंहरुले किनेको एम्बुलेन्सको कति पैसा पर्यो ?
एउटा एम्बुलेन्सलाई ३९ लाख ७ हजारका दरले किन्दा ६ करोड २५ लाख १२ हजार परेको छ ।
एउटा एम्बुलेन्सलाई ३९ लाख पर्छ र ?
मसँग भएको रिपोर्टमा १९ लाख ५ सयप्रति एम्बुलेन्स भारु भारतमा बुझाएको र ६ हजार ५ सय भारु ढुवानी गरेर एउटा एम्बुलेन्स १९ लाख ४५ हजार भारुमा नेपाल भित्रिएको छ । यो १९ लाख अरु गर्दा ३१ लख जति हुँदोरहेछ । नेपालमा आइसकेपछि त्यसमा एसी, अक्सिजन सप्लायर्स, मुटुको मापन गर्ने यन्त्र, इसीजी मनिटरलगायत आकस्मिक सेवा उपलब्ध गराउने सामानहरु जोडिसकेपछि त्यसको ७ लाख ९५ हजार पर्यो । त्यसमा ढुवानीसमेत गर्दा ३९ लाख ७ हजारको दरमा यो एम्बुलेन्स आएको छ । अब यसमा पनि भ्रष्टाचार भएको छ भने हामी त्यसको सजाय भोग्न तयार छौं ।
यी सबै गरेर तयारी अवस्था २९ लाख पर्ने एम्बुलेन्सलाई किन ३९ लाख हाल्नुभयो ?
यो अन्तर्राष्ट्रिय टेण्डरमार्पmत आएको छ । त्यसलाई २९ लाख पाइने कि ३९ लाख भन्ने कुरै छैन । यसमा हाम्रो मन्त्रालयले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सबै कम मूल्यमा आह्वान गर्नेमा पेश गरेको छ । अब त्यसमा नीतिगत भ्रष्टाचार भएको छ भने छानविन गर्नुपर्छ । मन्त्रीलाई त यो कुरा थाहा नै हुँदैन । खरिद प्रक्रियामा मन्त्रीको भूमिका नै हुँदैन ।
मन्त्रीको मिलेमतोमा भ्रष्टाचार भएको समाचार बाहिर आएको छ नि ?
यस्तो गलत कुरा बाहिर ल्याउने । यदि त्यस्तो भ्रष्टाचार भएको छ भने पत्ता लगाउनुपर्यो । त्यो थाहा पाउन पाए मलाई पनि सहयोग हुनेथियो । खरिद प्रक्रियाको फाइल मन्त्रीले सदर गर्नुपदैन । मेरो चरित्रहत्या गर्न, बदनाम गर्न जुन खालको हल्ला गरिएको छ, त्यसप्रति मलाई दुःख लागेको छ ।
विकट क्षेत्रका गरिब, दुःखी जनताले भोट दिएर बनेका जनप्रतिनिधिहरु विलासी भन्ने कुरा बाहिर आयो नि ?
तपाईं सुदूरपश्चि आएको बेला हेर्नुहोला । मेरो जीवनशैलीको बारेमा बुझ्नुहोला । हामी जनताले मत दिएर बनेका मन्त्री, जनप्रतिनिधि भएकाले उनीहरुलाई आपूm विलासी जीवन बिताएर धोका दिने काम गर्दैनौं ।
एम्बुलेन्स खरिदमा तपार्इंंहरुले १ करोड ५० लाख कमिसन खाएको बाहिर आएको छ नि ?
गत वर्ष प्रादेशिक अस्थापतालमा २ करोडको अक्सिजन प्लान्ट जडान ग¥यौं । अनि पत्रपत्रिकाले ३ करोड घुस खाए बनेर लेखे । २ करोडको काम ग¥यौं, ३ करोड घुस खाएको कुरा बाहिर आयो । खुलखुद प्रतियोगिता गरियो त्यसमा पनि त्यस्तै समाचार आयो । एम्बुलेन्सको कुरा पनि त्यस्तै हो ।
घुसै नखाइकन त समाचारमा आउँदैन नि ?
कसले खाएको छ, त्यसको प्रमाणित गरिदिनुप¥यो । सबैजना बसेर छलफल गरौं, मेरो त्यसमा संलग्नता देखियो भने राजनीतिक जीवनबाटै सन्यास लिन्छु । यहाँ त मानमर्दन गर्ने कुरा भएर पो दुःख लागेको छ ।
ट्रकलाई एम्बुलेन्स बनाएकोले जनतामा नराम्रो छापरेको छ, त्यसो नगरेको भए हुन्थ्यो नि ?
त्यसबेलाका मेरो मन्त्रालयका सचिव अहिलेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल हुनुहुन्थ्यो । उहाँ आपैंm मेकानिकल इन्जिनियर हुनुहुन्छ । उहाँले सुदूरपश्चिमको भूगोल अनुसार कस्तो एम्बुलेन्स चाहिन्छ भनेर त्यसको गुणस्तर बनाउनुभएको हो । कुन उपयुृक्त हुन्छ, कुन हुँदैन भनेर गाडीको लागि म विज्ञ पनि होइन । ८० भन्दा माथि हिंड्दैन भन्ने आयो, हामीले कम्पनीका प्राविधिकहरुलाई बोलाएर सोध्यौं, उहाँहरुले ‘जति पनि हिड्न सक्छ तर पहाडी बाटोमा विरामीलाई अप्ठ्यारो हुन्छ भनेर त्योभन्दा माथि नजाने प्रविधि राखेका हौं’ भन्नुभयो । अख्तियारले छानविन गरोस् त्यसको लागि हामी तयार छौं ।
त्यहाँको छाउगोठको अवस्था के छ ?
अहिले सुदूरपश्चिमका प्रत्येक, बस्ती–बस्तीका छाउगोठहरु भत्काइरहेका छन् । परम्परागत छाउगोठ उन्मुलन गर्न सबै राजनीतिक दल, प्रशासन, समाजसेवी, अधिकारकर्मी सबै लागेका छन् । यो वर्षभित्रै छाउगोठ निर्मुल हुन्छ ।
यसका अभियन्ता नै छाउगोठमा बस्ने गर्दछन् नि त्यहाँ त ?
अहिलेको जमानामा त्यस्तो कहाँ हुन्छ । गलत प्रचार हो, हिजो त्यस्तो थियो अहिले छैन । जे–जसरी पत्रपत्रिमा आएका छन् । त्यस्तो होइन, अहिले सुदूरपश्चिमका महिला दिदीबहिनीहरु छाउगोठमा बस्ने प्रथा धेरै हराइसकेको छ । जसले त्यसरी घरदेखि टाढाको गोठमा राख्छन्, तिनलाई कानुनी कारबाही गर्ने भनेर प्रदेश सरकारले पनि अभियान चलाएको छ । यसपटक अछाम र बझाङ जिल्लालाई छाउपढी मुक्त जिल्ला बनाउन लागेका छौं । त्यसैले अब एक वर्षमा छाउगोठहरु सुदूरपश्चिममा पाउनुहुन्न ।
यशोदा बोहोराजी छाउगोठ उन्मुलन अभियानमा हुनुहुन्छ, उहाँनै छाउगोठमा बस्नुहुन्छ भन्ने समाचार आयो नि ?
उहाँ बस्नु नै भएको छ भन्ने होइन, समाचार बाहिर आएको त हो नि ।
उहाँ छाउगोठमा बसिराको समाचार प्रमाणसहित आएको छ नि ?
यदि आपैm त्यसको अभियन्ता भएर आपैm छाउगोठमा बसिरहनुभएको छ भने उहाँले पनि गलत काम गर्नुभएको छ । पहिला उहाँले छाउगोठमा बस्न छाड्नुपर्यो ।



प्रतिक्रिया दिनुहोस्