Logo

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन !



पुष २९, काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने विषयको बहसले प्रपेश पाएको छ । पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल सहितका नेताहरुले समेत सहमती गरेपछि यो विषयले थप चर्चा र बहस चुलिएको हो । तर संविधानविद्हरुले भने कुनै एकजना व्यक्ति वा कुनै पार्टीको स्वार्थसिद्धको लागि गरिने संविधान संशोधनले गलत नजिर बस्ने भन्दै सचेत गराएका छन् ।

गत बुधबार नेकपा नेता वामदेव गौतमको निवासमा पार्टीका अध्यक्ष पुष्मकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल, गौतम लगायत सचिवालयका शिर्ष बहुमत सदस्यहरुले राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने सहमती गरेका थिए । त्यसअघि पार्टीको सचिवालय बैठकमा गौतमले रोखेको उक्त प्रस्तावमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने अस्वीकार गरेका थिए ।

त्यसलगतै गौतमले आफ्नो निवासमा भेला गरी ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए । तर नेकपा बरिष्ठ नेता झलनाथ खनालले भने अध्यक्ष ओली सहित पार्टीको शिर्ष तहमा संविधान संशोधनको लागि सहमती भइसकेको दावी गरेका छन ।

नेकपाले पार्टी उपाध्यक्षको लागि समेत सिफारिस गरेका गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधनमा लाग्नु नेकपा र उसको नेतृत्वको सरकारको लागि घातक हुने विश्लेषण हुन थालेको छ । कुनै विशेष परिस्थिती र कारण भए मात्रै संविधान संशोधन गर्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैपनि अहिलेको अवस्थामा नेकपा पार्टी र उनी नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोज्नु संविधानकै खिल्ली उडाउनु भएको संविधानविद् डा. विपिन अधिकारीको भनाई छ ।

संविधान संशोधनको लागि संसदमा दुइतिहाइ बुहमत चाहिन्छ । तर सत्ता साझेदार दल समाजवादी पार्टी समेत सरकार छाडेको अवस्थामा अहिले नेकपासंग सामान्य बहुमत मात्र छ । त्यसैले पनि संविधान संशोधन चुनौतिपुर्ण छ ।

अर्को कुरा मधेसवादी दल लगायत केही समुहहरुले समेत संविधानमा आफ्नो हकअधिकार सुनिश्चित नभएको भन्दै संविधान संशोधन माग गर्दा वेवास्ता गर्दै आइरहेको परिपेक्षमा आफ्नो पार्टीका कुनै नेतालाई प्रधानमन्त्री बनाउनकै लागि मात्र गरिने संशोधनले राम्रो सन्देश नजाने स्पष्ट छ । प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी राजपा लगायत अन्य राजनीतिक दलहरुले समेत मान्ने अवस्था छैन । त्यसैले नेकपालाईसंविधान संशोधनको विषयले पनि विवादित र आलोचित बनाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्