Logo

पर्यटकलाई काठबाट बनेको मायाको चिनो



ललितपुर, २९ पुस । ललितपूरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादनगरि वितरण गर्ने भएको छ ।

समूहको साधारण सभामार्फत समूहकाअध्यक्ष हिरा बहादुर पौडेलले सय जनालाई प्रत्यक्ष रोजगार प्रदानगरि मायाको चिनो उत्पादनगरि बितरण गर्ने बताउनु भयो । वनले श्रृंग ऋषिगुफातथा सुर्यमैते गुफाको संरक्षण र प्रचार प्रसार गरि पर्यटन प्रबर्धनमा जुट्ने उपभोक्ताहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रदेश नं तीनका सांसद माधवपौडेलले पातले वन नेपालकै नमुनावनको रुपमा अघि बढेको र पर्यटकिय क्षेत्रको संरक्षणमा समेत जुटेको बताउनुभयो । काठमाण्डौंको कोलाहलपूर्ण वातावरणबाट मुक्तिपाउनको लागि लामाटार सिस्नेरीमा १० किलोमिटरको दुरिमा नै यहाँपुग्न सकिने भएकाले आन्तरिक पर्यटकको पनि ठूलो सम्भावनायो क्षेत्रलेबोकेको छ ।



प्रतिक्रिया दिनुहोस्