Logo

एक वर्षअघिका ‘बस काण्ड’ का आरोपित रुचाल पक्राउ, प्रहरीद्धारा सार्वजनिक (तस्विरसहित)



काठमाडौं, २९ पुष । महानगरीय प्रहरी परिसर ललितपुर, काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाले काठमाडौंको एक सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  ती युवा घट्ना भएको एक वर्षपछि पक्राउ परेका हुन् ।

उनले सार्वजनिक बसमा अश्लील हर्कत गरेर फेसबुकमा ‘भिडियो अपलोड’ गरेका थिए । ती युवा रविन सार्की भनिने रविन रुचाल हुन् । उनलाई प्रहरीले पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको हो ।

उनी हिजो (सोमबार) साँझ पक्राउ परेका हुन् । उनको उमेर २१ वर्ष हो । प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको जानकारी दिएको छ । तनहुँको अरुणोदय गाउँपालिका–१ घर भइ भरतपुर उपमहानगरपालिका विकासचोक बस्दै आएका उनलाई प्राविधिक विश्लेषणपछि चितवन प्रहरीको समन्वयमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal 



प्रतिक्रिया दिनुहोस्