Logo

शिवमाया काबिल हुनुहुन्छ, उहाँ सभामुख भए राम्रो सन्देश जान्छ- शान्ता चौधरी, नेकपा सचेतक



काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टीकी सेचतक शान्ता चौधरी थारु समुदायकी हुन् । आज थारुहरुको महत्वपूर्ण चाँड माघी हो । माघी र पछिल्लो राजनीतिक घटनाक्रमबारे चौधरीसँग ऋषि धमलाले गरेको कुराकानीः

माघी कहाँ कसरी मनाइरहनुभएको छ ?
यतिबेला आफ्नै गृह जिल्ला दाङमा छु । यस पटकको माघी पनि दाङमै मनाउँदै छु ।
माघीको विशेषता के हो ?
माघीको आफ्नै खालको महत्व रहेको छ । मैले माघीलाई सबैभन्दा बढी समुदायले मनाउने पर्वका रुपमा लिने गर्दछु । यो पर्व हिमाल, पहाड, तराईं, जाति, जनजाति, उत्पीडित, अल्पसंख्यक सबै जाति, वर्ग र समुदायले मनाउने गर्दछन् । माघी सद्भावको पर्व पनि भन्ने लाग्छ । त्यसमा पनि थारु समुदायका लागि यो पर्वको झन् ठूलो महत्व रहेको छ ।
थारु समुदायको लागि बढी महत्व हुनुपर्ने कारण के ?
थारु समुदायको लागि बढी महत्व हुनुमा यो पर्वलाई हामीहरुले नयाँ वर्षको रुपमा लिने गर्दछौं । कमैया, कमलरीहरुको लागि त यो अझ बढी महत्व छ । अहिले त धेरै परिवर्तन भयो । विगतमा यो पर्वलाई किनबेचको रुपमा लिने गर्दछौं । यो पर्वमा वर्षभरिको लागि कुन जमीनदारको जमिन कमाउनका लागि लिने वा कुन जमिनदारको घरमा छोराछोरी दिने भनेर लिनदिने दिनको रुपमा लिइन्थ्यो । अनि जमिनदारले अरु दिन जतिसुकै काम लगाएपनि माघीका दिन कमलरी, कमैयाहरु स्वतन्त्र हुने दिन पनि हो । त्यसैले यसलाई स्वतन्त्रताको दिनको रुपमा पनि लिन्छौं । यसका दुईवटा पाटा छन् । एकातिर अघिपछि जति काम गरेपनि आज खुसीका साथ गच्छेअनुसार लगाउने खाने दिन भएकाले उल्लासको रुपमा लिइन्छ ।
अर्कोतिर अप्रत्यक्ष रुपमा कमलरी भनेको अर्काको घरमा बेचिने नै हो । पहिला चाहिं बिना पैसा नै बेचिने गर्दथ्यौं । पछि आएर अलि विकसित भएर थोरै पैसामा बेचिने गर्दथ्यौं । त्यसकारण तराइमा थारुहरुले र पहाडमा मगरहरुले यो चाडलाई अली बढी बनाउने गर्दछन् ।
नेपालमा अभैm पनि कमैया र कमलरी छन् र ?
कानुनी रुपमा कमैया र कमलरीहरु हटिसके । सरकारले यसको अन्त्य गरिसकेको छ । कमैयाहरु अब व्यवहारिक रुपमा छैनन् । तर, कमलरी भनेको वर्गसँग जोडिएको समस्या भएकाले अभैm बाँकी छ । किन भने यो जमीनसँग जोडिएको छ । छोरीलाई कमलरी नराख्दासम्म जमिनदारले बाबुआमालाई जग्गा कमाउन नदिने भएकाले पनि त्यो वर्गको अभैm कमलरी समस्या छ । विगतलाई हेरेर धेरै कमलरीहरुको उत्थान भएको छ ।
कानुनी रुपमा अन्त्य भइसकेपनि व्यवहारिक रुपमा त्यो देखिएको छैन ?
पहिलाको जस्तो त छैन । हामीमा धेरै परिवर्तन आयो । देशमा पनि ठ्रूला–ठूला राजनीतिक परिवर्तनहरु आए । यति धेरै परिवर्तन आउँदा ती समुदायको जीवनस्तरमा परिवर्तन आयो कि आएन भन्ने चाहिं मूख्य कुरा हो । काुननी रुपमा जसरी उन्मुलन भएको व्यवहारिक रुपमा त्यसैगरी ढुक्क हुने अवस्था अभैm पनि देखिएको छैन ।
सभामुख चयनको निकास के होला ?
यो विवादित विषय म चाहीं भन्दिँन । किन भने ठूलो पार्टी छ । सक्षम नेताहरु धेरै हुनुहुन्छ । आकांक्षीहरु धेरै हुनुहुन्छ, चाहना पनि हुनसक्छ, त्यसकारण यो विषय विषय हो भन्ने मैले त । त्यसो हुनाले पार्टीले यसलाई छिटोभन्दा छिटो टुंगो लगाइदिए हुन्थ्यो ।
सभामुख शिवमायालाई बनाउने कि सुवासचन्द्र नेम्वाङलाई ?
त्यो पार्टीले निर्णय गर्ने कुरा हो । म एउटा पार्टीको सदस्य मात्रै भएकाले यसलाई बनाउने, उसलाई बनाउन भन्न सक्दिनँ । पार्टीले निर्णय गरेको कुरामा कसैको दुईमत हुँदैन । शिवमाया पनि काविल महिला हो, उहाँ हुँदा पनि राम्रो सन्देश जान्थ्यो ।
संसद् अनिर्णयको बन्दी भयो भन्ने धेरैको भनाइ छ ?
यसलाई स्वाभाविक रुपमा लिएकी छु । संसद् अनिर्णयको बन्दी भएको यो आपैंmमा समस्या त हो । अब छिट्टै संसद् चल्छ सधैंभरि संसद् अरुद्ध हुँदा काम चल्दैन । अब माघ ६ संसद् चल्ने भनिएको त्यो दिनदेखि चल्ला ।
प्रधानमन्त्रीले मैले गरेका राम्रा कामका समाचार छापिएन भन्ने तर्क आएको तपार्इंंलाई के लाग्छ ?
प्रधानमन्त्रीले बोलेका कतिपय कुरा एकदमै ठीक छन् । हामी विकास हेर्न गाउँतिर आउनुपर्छ । शहरमा बसेर वास्तविकता देख्न सकिँदैन । विकास भएकै हो, हामी त्यसको प्रचार गर्न नकेकै हो । अहिले म गाउँ–गाउँ घुम्छु, घुडाँघुडाँ हिलो हुने ठाउँमा पिच भएको छ । चारवटा घर भएको गाउँमा स्वास्थ्य चौंकी, स्कुल, पानी, बत्ती र बाटो पुगेको छ । हिजो महलमा बसेर दुःखानुभूति नगर्नेलाई त परिवर्तनको महसुस नहुने सक्छ । तर, जो हिजो दुःख, पीडा र अन्यायमा बाँचेको थियो उसले त यसको महसुस गर्न सक्छ । त्यस कारण देशैभर विकास, निमार्णका कामहरु धेरै भएका छन् । तर, हामीले विकास र राम्रा समाचार लेख्दैनौं सधैंभरि नेगेटिभ समाचार मात्रै प्रशारण तथा प्रकाशन गर्दछौं । त्यसैले काम गर्ने मान्छेको कुनै पार्टीप्रतिको पूर्वाग्रह नराखी राम्रोलाई र नराम्रो भन्न र लेख्न सक्नुपर्छ । जसरी सरकारले काम गरेको त्यो अनुसार मिडियामा आउन नसकेको पक्कै हो ।



प्रतिक्रिया दिनुहोस्