Logo

ओली सरकारको पालामा इतिहासमै ठूलो लुट र भ्रष्टाचार भइरहेछ- डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, १ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी तथ्य र तथ्यांकको आधारमा खरो टिप्पणी गर्छन् । राज्यको नीतिनिर्माण तहमा लामो अनुभव सँगालेका लोहनीले ओली सरकारलाई इतिहासमै सबैभन्दा भ्रष्ट भनेका छन् । लोहनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले गरेको कुराकानीः
अब देशको राजनीति कतातिर जाला ?
अहिले त उही धापमा हिंडेको मान्छेजस्तो लर्खराइरहेको छ ।
नेपाली जनताले सुशासनको प्रत्याभूती कहिले पाउलान् ?
देशमा आर्थिक क्रान्ति गर्न सबैभन्दा ठूलो कुरा भ्रष्टाचार नियन्त्रण गर्नु हो । त्यसपछि भूईंफुट्टा वर्गको निर्माणलाई रोक्न सक्नुपर्ने हो । अहिलेका प्रधानमन्त्रीज्यूबाट त्यो सम्भव हुने देखिँदैन । उहाँको पालामा जस्तो भ्रष्टाचार यो नेपालको इतिहासमा मंैले देखेको पनि छैन ।
प्रधानमन्त्रीले त मैले राम्रो काम गरेको मिडियाले किन लेख्दैनन् भन्नुभएको छ नि ?
हाम्रो सम्मानीय प्रधानमन्त्रीजी अलि बिरामी पनि हुनुहुन्छ । उहाँको असक्तताको फाइदा उठाएर उहाँको वरिपरि एउटा भूमिगत गिरोह खडा भएको छ । त्यो भूमिगत गिरोहले उहाँलाई गलत इन्फमेसनहरु फिट गरिरहेको छ । त्यसैको आधारमा उहाँ बोलिरहनुभएको छ । वास्तवमा सबै चाहना उहाँ सफल हुनुहोस् भन्ने नै हुन्छ । किन उहाँ सफल हुनुभयो भने सबैको उन्नति हुन्छ । अहिले उहाँको संरक्षणमा जसरी नांगो ढंगले भ्रष्टाचार भइरहेको छ । यो बेलामा उहाँलाई समर्थन गर्नुभनेको नेपालप्रति बेइमान गर्नु हो । नेपाललाई माया गर्ने मान्छेले उहाँको क्रियाकलापलाई समर्थन गर्न सक्दैनन् ।
प्रधानमन्त्रीलाई काम गर्न कसले रोकेको छ त ?
हेर्नुस्, कुनै विद्यार्थी फस्टडिभिजनमा पास हुन चाहन्छ । किन फस्टडिभिजनमा पास भयो भने त्यसले पछिसम्म रेकर्डहरु राम्रा हुन्छन् । त्यो सर्टिफिकेट बिकाउ हुन्छ, जागिर पनि भनेको बेलामा पाइन्छ भनेर । तर, उसको काम गर्ने शैली र सीप चाहीं थर्डडिभिजनको पनि छैन भने उसको डिभिजनको शाखा गरेर काम लाग्दैन । त्यसैले प्रधानमन्त्रीका अहिलेका मूल्य र मान्यता, काम शैली थर्ड डिभिजनमा पनि पास हुने खालका छैनन् । उहाँबाट फस्ट डिभिजनको आशा गर्नु बेकार छ ।
तपाईंले कसरी भन्नुभयो, प्रधानमन्त्रीबाट शान्ति र समृद्धिको शाखा बेकार भनेर ?
त्यो पक्का हो । उहाँबाट आशा बेकारै छ । उहाँ शासनमा आएको दुई वर्ष भयो । नेपालका विकासका कार्यक्रमहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुमा कति पैसा खर्च गर्न सक्नुभयो । काम गर्ने समयमा पैसा खर्चै हुँदैन । एकैचोटी असारमा गएर ६-८ अर्ब खर्च हुन्छ । यस्तो विकृतिलाई दुई वर्षसम्म सुधार गर्न नसक्नु र नचाहानु यो भन्दा नालायकीपन के हुन्छ ?
अहिलेको अवस्थामा प्रधानमन्त्रीले भ्रष्टाचार अन्त्यको पहल गर्नुभएको होइन ?
पटक्कै गर्नुभएको छैन । यति भन्ने कम्पनीलाई जुन किसिमको व्यवहार उहाँको पालामा भयो । यसको मतलब कानुनको दुरुपयोग गरेर उहाँले अन्याय गर्नुभएको छ ।
यति समूहलाई कानुन सम्मत सम्झौता गरिएको बनिएको छ नि ?
जसरी अहिले नर्थकोरियामा किमले शासन गरिरहेका छन् नि । त्यहाँ पनि उनले कानुन बमोजिम नै गरिरहेका छन् । कानुन बनाएर प्रयोग गरिनु होइन, त्यो कानुन न्यायोचित देखिनुपर्छ । कानुनको प्रयोग गर्दा त्यो न्यायोचित छ भन्ने कुरा जनतालाई अनुभूति हुनुपर्छ । त्यसलाई भनिन्छ कानुनी शासन । तपाईंंलाई जुन बेला इच्छा लाग्छ, त्यति बेला कानुनलाई परिवर्तन गरिदिने अनि त्यसलाई आपूm अनुकूल प्रयोग गरेपछि हटाइदिने अनि मैले कानुन बमोजिम गरेको छु भन्न पाइन्छ ?
प्राकृतिक सौन्दर्यमाथि डनहरुको राज हुँदा सरकार किन मौन छ ?
अहिले जति पनि प्राकृतिक सौन्दर्यमाथि दोहन गर्ने डनहरुलाई उहाँको पार्टीको संरक्षण छ । त्यसको उदाहरण एउटा महोत्तरीको घटना हेर्नुस्, न एउटा इन्जिनियरिङ पढ्दै गरेको विद्यार्थीले त्यहाँको दोहन देखेर यो अन्याय भयो भन्दा उसलाई ट्रिपरले किचेर मार्नेसम्म हिम्मत भएका क्रसर व्यवसायीहरु पुगिसके यो देशमा । किन भने तिनीहरुलाई थहा छ, हामीले कमाएको पैसा भागबण्डा भएपछि कसैले केही गर्न सक्दैन भन्ने । यस्तो किसिमको लुटतन्त्र प्रजातन्त्रको नाममा भएको छ । यसको जिम्मा केपी ओलीको सरकारले लिनुपर्छ । यसको जिम्मा क्याबिनेटले लिनुपर्छि, त्यसको प्रमुखको हैसियतले केपी ओलीजीले लिनुपर्छ ।
त्यसोभए हाम्रो देशमा राजनीतिक स्थायित्व छ होइन ?
राजनीतिक स्थायित्वले राम्रो नीति ल्याएर जनतालाई डेलीभरि दिन सक्यो भने राम्रो गर्छ । तर राजनीतिक स्थायित्वको नाममा अन्याय, शोषण र अत्याचार बढ्यो भने झन् त्यसले विकराल स्थिति निर्माण गर्छ । हिजो १०४ वर्षे राणा शासनमा पनि राजनीतिक स्थायित्व थियो ।
भारतसँगको सीमाविवादमा तपाईं के भन्नुहृुन्छ ?
यसमा पनि सरकारले केही गर्न सकेको छैन । जसरी भारतीय पक्षबाट जुन नक्सा निस्कियो, त्यसैले गरी नेपालको पक्षबाट पनि नक्सा निकाल्न सक्नुप¥यो नि । जसरी भारतीय पक्षले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो भनेर दावी गरेको छ । त्यो नेपालको हो कि होइन नेपालको पक्षबाट आउनु पर्दैन ? यो सरकारले नेपालको हो भनेर नक्सा समेत निकाल्न सकेको छैन ।
अभियान्ताहरुले त नेपालको नक्सा कुन हो भनेर इतिवृतान्त दिएका छन् नि ?
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो कि होइन नेपाल सरकारले आधिकारिक नक्सा त दिनुपर्यो नि । ठीक छ, वार्ताबाटै समस्या समाधान गर्ने तर नेपालले यो भूमि मेरो हो भनेर अडान लिन सक्नुपर्यो नि । त्यो नक्सामा देखाउनुपर्ने त्यति पनि गर्न सक्नुभएको छैन उहाँहरुले । बहुमतको आडामा देशलाई दोहन गर्दै जाने हो भने समयको कुरा मात्रै हो ।
यसमा राप्रपा संयुक्त पनि चुपचाप बसेको छ नि खोइन कार्यक्रम ?
यी विषयहरुमा हामीले गम्भीर रुपले बोलेका छौं । अहिले हाम्रो पार्टी अरुसँग पनि सहमति र सहकार्य गरेर अहिलेको सरकारका विकृति र विसंगति विरुद्धमा आउनुपर्छ भन्ने छ । त्यही नै हो हामीले केपी ओलीको सरकारलाई गर्न सक्ने सहयोग ।
विकृति, विसंगतिविरुद्ध तपाईंहरु सडकमा आउनुहुन्छ ?
बकाइदा आउँछौं । यो सरकारका विकृति, विसंगतिविरुद्ध खुलेर सडकमा आउँछौं ।
अहिलेको अवस्थामा सडकमा आउन गा्रहे छ, जनता तपाईंहरुको साथमा छैन ?
हाम्रो साथमा जनता छन् कि छैनन् सडकमा आइसकेपछि तपाईंहरुले देख्नुहुने छ । जसरी नेपाली जनताहरु अन्या, अत्याचार, दुराचार र भ्रष्टाचारको संक्रमण परेका छन् अहिले । उनीहरुले वैचारिक राष्ट्रवादी शक्तिको आशा गरेर बसेका छन् । त्यो अहिलेको चुनौति हो, हामीले गर्न सक्नुपर्छ ।
कर्मचारीले प्रतिफल दिन सकेनन्, उनीहरु दोषी हुन् भनेर प्रतिवेदन प्रधानमन्त्रीलाई बुचmाइएको छ के भन्नुहुन्छ ?
कर्मचारीहरुमा केही विकृति, विसंगतिहरु हेलान् । तर, अहिले नै उहाँहरुलाई दोषी भन्ने पक्षमा छैन । किन उनीहरुलाई हाँक्ने भनेको नेपाल सरकारले हो । जब सरकारकै नियत ठीक छैन । एक ठाउँमा माधव नेपालजीले भन्नुभएको रहेछ, ‘नेपालका मन्त्रीहरुले घूस खाएर हैरान गरे’ भनेर सामाजिक सञ्जालमा उहाँको फोटोसहित आएको छ । उहाँकै पार्टीका वरिष्ठ नेताहरु नै त्यसो भनिरहेका छन् भने अब कर्मचारीलाई मात्रै दोष दिएर हुन्छ । कम्तिमा राजनीतिमा सुद्धिकरण हुनुपर्दैन त्यति पनि हुन सकेको छैन । ‘बेइमानीको औषधि छैन’ भने जस्तै हुन लागेको छ ।
सभामुखको विषयमा नेकपामा जुँगाको लडाइँं भयो नि ?
त्यो उहाँहरुको आन्तरिक झगडा हो । प्रचण्ड र केपी ओलीजीहरु पहिलादेखि नै एउटाले ‘उहाँलाई पैसा भए पुग्छ भन्ने, अर्कोले उहाँलाई राँचीको पागलखानामा लगेर थुन्नुपर्छ’ भन्ने उहाँहरुबीच पहिलादेखिकै झगडा हो । तर अहिले डा. तुम्बाहाम्फे डाक्टर हुनुभएको त्यो पदको लागि सक्षम हुनुहुन्छ । उहाँलाई किन तिरस्कार गर्न खोजिएको हो त्यो त थाहा भएन । हामीले बाहिरबाट हेर्दा डा. शिवमाया तुम्बाहाम्फे क्षमता भएको र सम्भावना भएको नेताको रुपमा देखिनुभएको छ । क्षमता र सम्भावना भएको नेताले ठाउँ पाउनु हुँदैन र भन्ने अडान हुनु स्वाभाविक हो ।
स्थानीय तहदेखि नै जनताका प्रतिनिधिहरु भ्रष्टाचारमा मात्रै मस्त छन् नि ?
अर्को निर्वाचनका लागि पैसा कमाउनुपर्छ भनेर स्थानीय तहका नेताहरु डोजर लिएर डोजरपालिका भएका छन् । कुनै पनि घरका बाबु आमा नै जथाभावी पैसा खर्च गरेर, जे मन लाग्यो त्यही गर्दै हिंडेका छन् भने उनीहरुका शाखा सन्तान, छोराछोरी बिग्रिनु् स्वाभाविकै हो नि । आपैm रक्सी, चुरोट खाँदै अनियमितता गर्दै हिंड्ने अनि छोराछोरीलाई त्यसो गर्नु राम्रो होइन भनेर पत्याउँछन् छोराछारीले ?



प्रतिक्रिया दिनुहोस्