Logo

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना



काठमाडौँ, १ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका हुन् ।

माघ १ गते ‘मकर सङ्क्रान्ति-माघे सङ्क्रान्ति’ लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रूपमा मनाउँदै आएका छन् । नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल हो । त्यसैले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता रहेको तथा एकले अर्काका यी हरेक विषयलाई आदर र सम्मान गर्ने विशिष्ट परम्परा रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उल्लेख गरेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्व आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउने काममा कोशेढुङ्गा सावित भएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।File Photo



प्रतिक्रिया दिनुहोस्