Logo

चार बलात्कारीको फाँसीको मिति सर्यो



आठ वर्ष अघि दिल्लीमा भएको बलात्कारको घटनाका दोषीलाई तोकिएको फाँसीको मिति सरेको छ । चार दोषीमध्ये एकजनाले राष्ट्रपति रामनाथ कोविन्दसँग माफीका लागि अनुरोध गरेपछि मिति सरेको हो ।

भारतीय राष्ट्रपति कोविन्दबाट फाँसीको सजायमा पुर्नविचारका लागि गरिएको अनुरोधपत्रबारे निर्णय नआएकाले ८ माघको विहानका लागि तोकिएको फाँसीको सजाय सरेको हो । राष्ट्रपतिबाट निर्णय आएपछि अर्को मिति तोकिने जनाइएको छ ।

यसअघि भारतीय समय अनुसार विहान ७ बजे, ८ माघमा दिल्लीस्थित तिहार जेलमा चारजनालाई फाँसी दिइनेछ । उनीहरुलाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो ।

ज्यान गुमाएकी मेडिकल विद्यार्थीको अझै नाम खुलाइएको छैन । निर्भया नाम दिइएकी उनलाई केटासाथीसँग बसमा यात्रा गरिरहँदा पाँचजनाले बलात्कारपछि निर्ममतापूर्वक घाइते बनाएर छाडेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।

निर्भयाको बलात्कारमा संलग्न पाँचजना पक्राउ परे । उनीहरुमध्ये एकजनाले जेलमै आत्महत्या गरे । बाँकी चारजनालाई फाँसीको सजाय सुनाइएको छ । अदालतको फैसलाविरुद्ध दुई बलात्कारी विनयकुमार शर्मा र मुकेश सिंह सर्वोच्च अदालत पुगेपनि फैसला उनीहरुको विपक्षमा आएको थियो । शर्मा, सिंहसहित घटनामा दोषी ठहरिएका पवन तिवारी र अक्षय ठाकुरलाई पनि फाँसीको सजाय सुनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्