Logo

आकस्मिक अवतरणका क्रममा विमानले इन्धन फाल्दा ४४ घाइते(भिडियोसहित)



अमेरिकाको लस एन्जेलीसस्थित उडिरहेको जेट विमानद्धारा फालिएको इन्धनले विद्यालयका ४४ विद्यार्थी घाइते भएका छन् । त्यसमध्ये २० जना बच्चा र २४ जना युवक रहेको त्यहाँको फायर विभागले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको छ ।

घटनामा परेका विद्यार्थी हरुको उपचार पार्क एवेन्यू एलिमेन्टरी स्कूल क्यालीफोर्नियामा भइरहेको जनाइएको छ । विद्यार्थीहरु सामान्य घाइते भएको उल्ल्ेख छ । डेल्टाको विमानले इन्धन पालेको थियो । उडान भरेको केही बेरमै विमानलार्य पुनः एयरपोर्टमा अवतरण गराइएको थियो । उक्त विमानको एकपट्टिको इन्जिन विग्रेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । एकपट्टिको इन्जिन विग्रेका कारणले विमानले इन्धन फालेको जनाइएको छ । उक्त विमान एयरपोर्टमा सफलता पूर्वक अवतरण गरेको थियो ।

विमानमा आगो लाग्ने खतरा भएपछि इन्धन फालिएको थियो । सामान्यतयाः विमानमा खतरा बढेपछि इन्धन फालेर आकस्मिक अवतरण गराइन्छ ।

 



प्रतिक्रिया दिनुहोस्