Logo

पेस्तोलसहित दुई जना पक्राउ



धनुषा, १ माघ । हातहतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् । पत्राउ पर्नेहरुमा दिपेशकुमार महतो र शुभकेश महतो छन् ।
जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हतियार पड्काउदै हिँडेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्