Logo

जलयात्रासहितको धार्मिक पर्यटन



काठमाडौँ, २ माघ । चितवनको पर्यटन विकासका लागि त्रिशूली र नारायणी नदीमा जलयात्रासहितको धार्मिक पर्यटन ‘न्यु प्रोडक्ट’ हुनसक्ने सम्भावना देखिएको छ । देवघाटलाई केन्द्र बनाएर मनकामनादेखि वाल्मीकि आश्रमलाई जोडेर ¥याफ्टिङसहितको ‘टुर प्याकेज’ गराउन सके धार्मिक पर्यटनमा न्यु प्रोडक्ट निस्कने विज्ञहरूले औँल्याएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको पर्यटन विकासका ‘न्यु प्रोडक्ट’ को खोजी भइरहेका बेला जलयात्रासहितको टुर प्याकेज बनाउन सरोकार निकायको ध्यान पुग्नुपर्ने सुझाव पर्यटन विज्ञ विश्वराज सुवेदीको छ । “जलमार्गसहितको धार्मिक पर्यटनको सम्भावना छ तर पनि त्यसतर्फ ध्यान जान सकेको छैन”, पर्यटनविज्ञ सुवेदीले थपे, “मनकामनाको फेरीदेखि देवघाटसम्म त्रिशूली नदीमा र देवघाटदेखि वाल्मीकि आश्रमसम्म नारायणी नदीमा जलयात्राको विकास गर्न सकिने सम्भावना छ । यसले धार्मिक क्षेत्रलाई जोड्न र धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पु¥याउने छ । ”
मनकामना फेरीबाट देवघाट ४० किलोमिटर र देवघाटवाट त्रिवेणी ३५ किलोमिटरको जलयात्राको दूरी हो । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेल धार्मिक पर्यटनको प्रवद्र्धनका लागि पनि यो मनकामनादेखि वाल्मीकिसम्म जोड्ने रुट बनाउनुपर्ने धारणा राख्नुहुन्छ ।

“मनकामनाको मन्दिरबाट केबुलकारमा हरर हानिएका पर्यटकलाई त्रिशूलीको ¥याफ्टिङमा सरर देवघाट ल्याउन सकिन्छ । देवघाटमा एक वा दुई दिन राखेर यस वरपरका धार्मिक क्षेत्रको अवलोकनपछि पुनः नारायणीमा जलयात्रा गराएर त्रिवेणी पु¥याउन सकिने सम्भावना छ”, पौडेलले भन्नुभयो, “नारायणीमा जलयात्राका क्रममा त्यहाँ देखिने जलचर, चितवन निकुञ्जभित्रका बाघ, गैँडाजस्ता जङ्गली जनावर र चराचुरुङ्गीले कसको पो मन नलोभ्याउला र रु अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वाक’ गर्दै वाल्मीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ । ” देवघाट चितवन, तनहँु र नवलपरासीको सीमा क्षेत्रमा पर्छ तर यो क्षेत्रमा पुग्न चितवनकै बाटो भएर जानुपर्छ । देवघाट धार्मिक रूपमा देश विदेशमै परिचित स्थान हो । यहाँ माघेसङ्क्रान्तिका दिनमा स्नान गरे मोक्ष मिल्छ भन्ने विश्वास छ । बेनी, सीता भासिएको गुफा, धार्मिक पार्क, पाञ्चायन मन्दिर, गलेश्वर आश्रम यहाँका रमणीय धार्मिक स्थल हुन् । पछिल्लो समय साउनको सोमबार देवघाटमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्