Logo

पुटिनको २१ वर्षयता रुसमा एकछत्र राज, चौंथोपटक राष्ट्रपति कार्यकाल शुरु



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अर्को छ वर्षे कार्यकाल शुरु भइसकेको छ । उनले सोमाबार नै राष्ट्रपतिको सपथ लिएका छन् । यो पुटिनको चौंथो कार्यकाल हुनेछ ।

६७ वर्षीय पुटिनले २१ वर्षयता रुपमा एकछत्र राज गर्दै आएका छन् । गत मार्चमा ७६ प्रतिशत मत प्राप्त गरी पुटिन निर्वाचित भएका थिए । उनले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका थिए ।

पुटिन सन् १९९९ मा पहिलोपटक कार्यवाहक राष्ट्रपति बनेका थिए । त्यसपछि राष्ट्रपति चुनाव जितेर लगातार दुई कार्यकाल राष्ट्रपति चुनिए । रुसको संविधान अनुसार लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने भएकाले उनले राष्ट्रपति पद आफ्ना विश्वासपात्र डिमिट्री मेडभेडेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बने । तर, शक्ति उनकै हातमा रह्यो ।

त्यसपछि लगातार दुई कार्यकाल उनी राष्ट्रपति निर्वाचित भएका छन् । विश्वकै शक्तिशाली व्यक्तिमध्येका पुटिनले रुसलाई पुनः विश्वको शक्तिशाली देशमध्येमा स्थापित गर्न सके ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्