Logo

प्रसाईं र गिरी एक-अर्काविरुद्ध अख्तियार र अदालतमा



काठमाडौं, २ माघ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीचको द्धन्द्ध अदालत, अख्तियार र सम्पत्ति शुद्धिकरण विभागसम्म पुगेको छ । प्रसाईंले आफूमाथि घुस लिएको आरोप लगाएपछि गिरी त्यसविरुद्ध अदालत पुगे ।

काठमाडौं जिल्ला अदालतले गिरीको उजूरीमा सुनुवाई गर्दै प्रसाईंलाई २१ दिनभित्र अदालतमा जवाफसहित उपस्थित हुन आदेश दिएको छ । बिहिबार जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गाली बेइज्जती र मादमर्नन भएको भन्दै गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

यसअघि नै प्रसाईंले गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजूरी दर्ता गरेका छन् । प्रसाईंले गिरीमाथि झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । उनले पत्रकार सम्मेलन गरी घुस मागेको आरोप लगाएपछि डा. गिरीले पनि पत्रकार सम्मेलन गरी झुटा आरोप लगाएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्