Logo

ओली–दाहालबीच भेटवार्ता, भोलिसम्म सभामुख टुँग्याउने



काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई घण्टा भेटवार्ता भएको छ । सभामुख कसलाई बनाउने भन्नेबारे पछिल्लो समय अध्यक्षद्धयबीच मनमुटाव भएको थियो । आज भएको छलफलपछि नेकपाले भोलि (शुक्रबार) सम्म सभामुखको उम्मेद्धवार चयन गर्ने सहमति भएको हो ।

नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार अध्यक्षद्धयबीच आज लामो छलफल भएको थियो । उनकाअनुसार सभामुखबारे भोलिसम्म निर्णय लिने अध्यक्षद्धयबीच सहमति भएको छ । संसदको अर्को बैठक माघ ६ गते बस्ने भएको छ । त्यो भन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनेपनि गजुरेलले विश्वास व्यक्त गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्