Logo

आश्चर्यमा पार्दै पुटिनले चयन गरे नयाँ प्रधानमन्त्री



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्वयं आश्चर्यजनक तरिकाले राजनीतिमा उदाएका हुन् । उनी सन् १९९९ मा बोरिस एल्तिसिनले प्रधानमन्त्री नियुक्त गर्दा कमैले चिन्थे । रुसको राजनीतिमा त्यो घटना धेरैका लागि आश्चर्यजनक बन्यो । एल्तिसिनले उनलाई कार्यवाहक राष्ट्रपति बनाएर गए ।

अहिले पुटिनले चौंथो कार्यकालमा धेरैलाई आश्चर्यमा पारेका छन् । उनले प्रधानमन्त्रीमा कर प्रणालीका जानकार मिखाइल मिसुसटिनलाई नियुक्त गरे । कर प्रणालीमै विद्यावारिधी गरेका मिसुसटिन पुटिनका बफादार हुन् । उनको नियुक्ति पुटिनको प्रभाव रहेको रुसी संसद डुमाले गर्ने निश्चितप्रायः छ ।

मिसुटिनको उदयलाई रुसको भावी राष्ट्रपतिको उदयका रुपमा समेत हेरिएको छ । पुटिनले अब छ वर्ष शासनपछि राष्ट्रपनि बन्न पाउनेछैनन् । त्यसपछि सम्भावित नाममा मिसुसटिन पनि हुनेछन् ।

पुटिनले यसअघि डिमिट्री मेडभेडेभलाई राष्ट्रपति बनाएका थिए । पछि उनी पुटिनको राष्ट्रपतिकालमा प्रधानमन्त्री थिए । यसपटक भने मेडभेडेभ प्रधानमन्त्री बनाइएनन् । उनी तैपनि शक्तिशाली पदमै राखिने विश्वास गरिएको छ ।-एजेन्सी-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्