Logo

ए डिभिजन : कस्तो छ उपाधी भिडन्त ?



माघ २, काठमाण्डौ । काठमाण्डौमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको छैटौँ चरण मंगलबारसकियो । भोलिदेखि सातौँ चरणका खेलहरु सुरु हुँदैछन् । छैटौँ चरण सकिदासम्म उपाधी होड रोचक बन्दै गएको छ ।

छैटौँ चरणसम्ममा सबैभन्दा भाग्यमानी ठहरियो मछिन्द्र क्लब । शीर्ष स्थानको होडमा रहेका ४ टिममध्ये मछिन्द्रले बाजी मारेको छ । अंक तालिकामा कहिले मनाङ, कहिले मछिन्द्र र कहिले त्रिभुवन आर्मी क्लबले लिड गरिरहेका छन् । चौथो चरणसम्म मनाङ मर्स्याङदी क्लबले लिड गरेको तालिका पाँचौँमा त्रिभुवन आर्मी क्लबले र छैटौँ चरणमा मछिन्द्रले लिड गरेको हो ।

सुरुबाटै अंक तालिकाको शीर्ष स्थानका लागि ठूलै प्रतिस्पर्धा देखिएको छ । कुनै टिमले लगातार जित ननिकाल्दा शीर्ष स्थानमा अंक दुरी एकदमै कम छ । अर्थात ३ अंकको फरकमा शीर्ष चार टिम छन् । मछिन्द्रको र आर्मीको १३ अंक छ भने मनाङको १२ अंक र थ्रीस्टारको १० अंक छ ।

जारी लिगमा धेरै खेलहरु बराबरीमा रोकिए । अझ गोलरहित बराबरीमा टुङ्गिएका खेल पनि धेरै छन् । छैटौँ चरण सकिँदा खेलिएका ४२ खेलमध्ये १४ खेलमा कसैले जित हसिल गरेन । यो संख्या कूल खेलको ३३ दशमलव ३३ प्रतिशत हो । त्यसमा पनि गोलरहित बराबरीमा ६ खेल रोकिएका छन् ।

हिमालयन शेर्पा क्लबले अहिलेसम्म सबैभन्दा धेरै खेल बराबरी खेलेको छ । ६ खेल खेलेको शेर्पा क्लबले ४ बराबरी र २ हार ब्यहोरेको छ । त्यसपछि साविक विजेता मनाङ मर्स्याङदी क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले समान ३–३ खेल बराबरी खेलेका छन् । त्यस्तै नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, एपिएफ, संकटा र फ्रेन्डस क्लबले २–२ खेल बराबरी खेलेका छन् । जारी लिगमा यही टिम हावी भइरहेको छ भन्ने अवस्था छैन ।

शीर्ष स्थानको होडमा रहेको टिम रेलिगेसन जोनमा रहेको टिमसँग पनि पराजित भइरहेको छन् भने विगतमा राम्रो प्रदर्शन गर्दै आएको टिमले पनि फितलो प्रदर्शन गरेका छन् । जारी लिगमा सबैभन्दा ठूलो गोल अन्तरको जित भनेको एनआरटी क्लबको हो । एनआरटीले सरस्वती युथ क्लबमाथि हात पारेको ४–० को जित नै जारी लिगमा सबैभन्दा फराकिलो अन्तरको जित हो ।

सबैभन्दा धेरै जित भनेको १ गोलको अन्तरले भएको छ । कूल १६ खेलहरु १ गोलको अन्तरमा जितहार भए । त्यस्तै १० खेल २ गोलको अन्तरले जितहार भ एभने ३ गोलले १ खेल र ४ गोलको अन्तरले १ खेलमा जित हार भयो । जारी लिगमा सर्वाधिक गोल गोलकर्ता सन्तोष साहुखल रहेका छन् ।

च्यासल युथ क्लबका कप्तानसमेत रहेका उनले जारी लिगमा ५ गोल गर्दै व्यक्तिगत स्कोरतर्फ अघि छन् । उनी शहीद स्मारक लिगमा १०० गोल पुर्याउने पहिलो खेलाडीसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्