Logo

राजधानीमा राष्ट्रिय मिडिया कार्यशाला प्रारम्भ



काठमाडौँ, २ माघ । प्राज्ञिक बिद्यार्थी परिषद्, नेपालको आयोजनामा राष्ट्रिय मिडिया कार्यशाला काठमान्डौमा प्रारम्भ भएको छ । समाज र राष्ट्रकालागि पत्रकारिता भन्ने संकल्पकासाथ तीन दिनसम्म सन्चालन हुने राष्ट्रिय मिडिया कार्यशालाको उद्गघाटन वरिष्ठ पत्रकार जीबराम भन्डारीले गरेका छन ।  कार्यशालामा  वरिष्ठ स्तम्भकार  श्रीकृष्ण अनिरुद्ध गाैतमले सन्चारकाे  इतिहास र महत्वका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बिद्यार्थी परिषद्का राष्ट्रिय सङठन सचिब नारायण प्रसाद ढकाल, महासचिब शुरेन्द्र प्रसाद भट्ट, छात्रा प्रमुख भगवती श्रेष्ठ, राष्ट्रिय सचिब छितराज न्योपाने लगायतका पदधिकारिको उपस्थिती रहेको थियो । तीन दिनसम्म सन्चालन हुने राष्ट्रिय मिडिया कार्यशालाको प्रशिक्षणकाेे प्रस्तावना  परिषद्का राष्ट्रिय मिडिया प्रमुख मोहन श्रेष्ठले  जानकारी गराएका थिए । बिद्यार्थी परिषद्ले मिडिया कार्यशालालाई आफ्नो कार्यको नयाँ आयामकाेे रुपमा विकास र विस्तार गर्दै लैजाने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्